ad ad

समाज


काभ्रेमा मोटरसाइकलाई ठक्कर दिएर भागेको गाडी पल्टियो, १ को मृत्यु, ८ जना घाइते

काभ्रेमा मोटरसाइकलाई ठक्कर दिएर भागेको गाडी पल्टियो, १ को मृत्यु, ८ जना घाइते

नेपालखबर
कात्तिक १, २०८० बुधबार १०:३५, काठमाडौँ

काठमाडौंबाट दसैँका यात्रु लिएर रामेछाप जाँदै गरेको विद्युतीय गाडी आज बिहान काभ्रेको पनौतिमा दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। दुर्घटनामा अन्य आठ जना घाइते भएका छन्। 

पनौती नगरपालिका-५ मा बुधबार बिहान बागमती प्रदेशको ०३-००१ ज ०२९८ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा रामेछापको मन्थली घर भएकी २० वर्षीया रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

श्रेष्ठका अनुसार सुरुमा विद्युतीय गाडीले काठमाडौंबाट इलाम जाँदै गरेको ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिएपछि नरोकिइ भागेको गाडी सुन्दरवस्ती पुगेपछि सडकको नालीमा खसेर दुर्घटना हुँदा बुढाथोकीको मृत्यु भएको हो। 

दुर्घटनामा गाडीमा सवार ६ जना र मोटरसाइकलमा सवार २ जना गरी ८ जना घाइते भएका डीएसपी श्रेष्ठले जानकारी दिए।  

दुर्घटनामा गम्भीर घाइते भएकी बुढाथोकीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। 

दुर्घटनामा परेको विद्युतीय गाडीमा सवार रामेछाप मन्थलीकी २३ वर्षीया पुष्पा तामाङ, लिखुतामाकोसी गाउँपालिका–२ का ५१ वर्षीय टंकप्रसाद दाहाल, मन्थली नगरपालिका–२ की ३० वर्षीय ज्ञानु ढुंगेल, मन्थली नगरपालिका– १ १८ वर्षीय रकिट ढुंगेल र लिखुतामाकोसी गाउँपालिका– ६ का ३८ वर्षीय अनिल आलेमगर घाइते भएका छन्। 

उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते सबै खतरामुक्त छन्। 

गाडीको ठक्करबाट मोटरसाइकल पल्टिँदा चालक इलाम थाकथुम गाउँपालिका–३ का रामकुमार राई र उनकी पत्नी प्रविशा सुनुवार पनि घाइते भएका छन्। उनीहरुको पनि धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि गाडीका चालक पनौती ५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .