उदयपुरमा श्रीमतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
३० वर्षीया पत्नी छविमाया राईको हत्या गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिका ५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पिटरले घरायसी विवादमा खाना पकाउने कुकरले प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
घटनाको जानकारीपछि जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले मंगलबार राति उनलाई पक्राउ गरेको हो।
हत्या घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।
81
Shares
प्रतिक्रिया