ad ad

समाज


दसैँको शुभकामना दिँदै मुस्लिम आयोगले भन्यो : धर्मका नाममा समाजमा दरार ल्याउन खोज्नेलाई असफल पारौँ

दसैँको शुभकामना दिँदै मुस्लिम आयोगले भन्यो : धर्मका नाममा समाजमा दरार ल्याउन खोज्नेलाई असफल पारौँ

नेपालखबर
कात्तिक २, २०८० बिहिबार १८:१८, काठमाडौँ

नेपालीहरुको महान चाड विजया दशमी एवं शुभ दीपावलीको अवसरमा मुस्लिम आयोगले सम्पूर्णमा शुभकामना प्रदान गरेको छ।

बुधवार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी आयोगले विजया दशमी, शुभ दीपावली, नेपाल संवत, छठ लगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरी शुभकामना दिएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले दसैँ सबै नेपालीको चाड भएकाले उत्सवका साथ मननाउनुपर्ने बताए। उनले नेपालीहरु शान्तिप्रिय भएकाले कुनै धर्मधर्म बीचमा झैझगडा र द्वन्द्व गर्न नहुने बताए।

उनले सबै धर्मावलम्वीहरु एक आपसमा मिलेर बस्न आग्रह गरे। पछिल्लो समय केही छिटपुट घटना भइरहेको भन्दै यसलाई समाधान गरेर अघि बढ्न जरुरी रहेको बताए। उनले बाहिरबाट आएका व्यक्तिको उक्सावटमा साम्प्रदायिक द्वन्द्व हुने गरेको बताए। धर्मको नाममा द्वन्द्व पैदा हुन नहुने उनको भनाई थियो।

कार्यक्रममा नेपालीहरुको महान चाड बडा दसैँको शुभकामना दिँदै मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले लामो समयदेखि हिन्दु, मुस्लिम, इसाइ, किराँत लगायतका धर्मावलम्वी र समुदाय एक आपसमा मिलेर बसिरहेकाले अहिले पनि सोही कुरालाई निरन्तरता दिनुुपर्ने बताए।

पछिल्लो केही समय यता केही असामाजिक र अराजक तत्त्वहरुले नेपालमा रहेका धर्मावलम्वीहरुको बीचमा खेल्ने र धार्मिक सहिष्णुतालाई खल्बल्याउने प्रयास गर्ने र भाइचारा सम्बन्ध डग्मगाउने प्रयास गर्ने काम भइरहेको बताए। हिन्दु र मुस्लिम, बौद्धिष्ट र किराँतको नाममा असामाजिक कार्य गर्नेहरुलाई असफल बनाउनुपर्ने बताए।

अध्यक्ष अन्सारीले मुस्लिम समुदायले देशको भाइचारा सम्बन्ध बिथोल्न नसक्ने बताए। उनले कुनैपनि अपराध गर्ने व्यक्ति कुनै धर्मको नहुने र अपराधि हुने भएकाले त्यस्ता व्यक्तिलाई कारबाही गरी समुदायलाई बीचमा ल्याउन नहुने बताए।

मुस्लिम आयोगले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग, राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .