नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
यस क्रममा राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार एक/दुई स्थानमा मात्र वर्षाको सम्भावना देखिनु सम्भावना कम हुनु हो।
129
Shares
प्रतिक्रिया