विजयादशमीको सातौं दिन जनकपुरधामको शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ।
सप्तमी तिथिका दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामस्थित मारवाडी सेवा समितिको प्राङ्गणमा रहेको बेलको रुखबाट फल टिपी फूलपाती भित्रयाइएको हो।
जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केको भक्तजनहरूको समूहले बेलको रुखमुनि गएर हिन्दू परम्पराअनुसार पूजापाठ गरेर फूलपाती भित्र्याएको थियो।
निम्ता दिएको बेलको फललाई सप्तमी तिथिका दिन बिहान तोडेर ल्याई बलि दिने परम्परा रहेको छ ।
33
Shares
प्रतिक्रिया