महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनको लाम लागेको छ।
तलेजु भवानी मन्दिर वर्षमा एकदिन आज मात्र भक्तजनका लागि खुला गरिन्छ। तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ।
तलेजु भवानीलाई विजया दशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ। राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ।
48
Shares
प्रतिक्रिया