ललितपुरको गोदावरीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ।
गोदावरी नगरपालिका-४ बस्ने ४० वर्षीय दलबहादुर पहरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो स्थानीय कुडकु खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी गम्भीर घाइते भएका थिए।
उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनीसँगै माछा मार्न गएका २ जनालाई प्रहरीले आवश्यक अनुसन्धानका लागि पक्राउ गरेको छ।
189
Shares
प्रतिक्रिया