ad ad

समाज


प्रहरी अनुरोध–व्यक्ति वा संस्था निश्चित गरेर मात्र भूकम्पपीडितलाई सहयोग गर्नू

प्रहरी अनुरोध–व्यक्ति वा संस्था निश्चित गरेर मात्र  भूकम्पपीडितलाई सहयोग गर्नू

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १४:१५, काठमाडौँ

नेपाल प्रहरीले भूकम्प पीडितका लागि सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन भन्ने निश्चित गरेर मात्रै सहयोग गर्न आग्रह गरेको छ। 

जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पपछि सहयोग गर्नेहरूले सामाजिक सञ्जालमार्फत विभिन्न अपिल गरिरहेका छन्। 

त्यस्ता व्यक्ति वा संस्थाहरूबाट ठगिने सम्भावना औंल्याउँदै प्रहरीले आधिकारिकता पुष्टि गरेर मात्रै सहयोग गर्न आग्रह गरेको हो। 

‘भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा संघ–संस्थाहरू आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्नुहोला,’ प्रहरीले भनेको छ, ‘इन्टरनेट कअबmmभच वा भहउयिष्तभच हरूबाट सावधान रहन अनुरोध।’

पश्चिम नेपालमा शुक्रवार राति गएको भूकम्पमा परी हालसम्म १३८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

सरकारले राहत तथा उद्धारका लागि तयारी गर्दै सक्रियता बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .