सर्लाही, हरिवन नगरपालिका–११, बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकका मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन्।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिली हत्या गरी शवलाई हरिवन नगरपालिका-११, बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय, हरिवनबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
120
Shares
प्रतिक्रिया