आज बिहान बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेट जाँदा बझाङको भाटेखोला केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि पनि बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएका थिए।
खासगरी ठूलो मात्रामा जनधन क्षति हुने गरी यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पयता सुदूरपश्चिमका जिल्लामा परकम्प गइरहेका छन्।
522
Shares
प्रतिक्रिया