ad ad

समाज


कटक मल्लको किताब ‘न्याय–अन्याय’ सार्वजनिक

कटक मल्लको किताब ‘न्याय–अन्याय’ सार्वजनिक

नेपालखबर
मंसिर ६, २०८० बुधबार २२:१७, काठमाडौँ

अन्तर्राष्ट्रिय र वातावरण कानुनका ज्ञाता डा. कटक मल्लको ‘न्याय–अन्यायः कानुन, भू राजनीति र कूटनीति’ किताब सार्वजनिक भएको छ। मल्ल स्विडेनको स्टकहोम, काल्सटा र उमियो विश्वविद्यालयमा अध्यापनमा सक्रिय छन्।

मल्लको किताबमा कानुन, राजनीति, मानवअधिकार, न्यायपालिका, भू–राजनीति-कूटनीति, पर्यावरण लगायतका विषय समेटिएका छन्।

राजधानी काठमाडौंमा मल्लको किताब सार्वजनिक गर्दै सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले मल्लको किताब कानूनी दर्शनको दस्तावेज भएको बताए।

उनले भने, ‘नेपालमा कानुनसम्बन्धी पहिलो किताब २०१ वर्ष अगाडि लेखिएको थियो। त्यसयता धेरै किताब लेखिए तर, कानुनी दर्शनका आधारमा लेखिएका थिएनन्। यो किताब कानुनी दर्शनको किताब हो।’

पुस्तकमाथि टिप्पणी गर्दै पूर्वन्यायाधीश डा. प्रभा बस्नेतले मल्लको किताबमा न्यायिक विषयहरूलाई आलोचनात्मक र रचनात्मक शैलीमा प्रस्तुत गरिएको बताइन्। 

‘किताबमा न्यायलाई आलोचनात्मक, रचनात्मक मात्र नभई मौलिक शैलिले प्रस्तु गरिएको छ,’ बस्नेतले भनिन्। त्यसैगरी विश्लेशक डा. चन्द्रदेव भट्टले मल्लको किताब कानुन, समाज, लोकतन्त्र र भू–राजनीतिक दार्शनिक दस्तावेज भएको टिप्पणी गरे।

सार्वजनिक बौद्धिकका रूपमा स्थापित मल्लको यसअगाडि नेपाली भाषामा ‘मानवअधिकार’ किताब प्रकाशित छ।

‘न्याय–अन्यायः कानुन, भूराजनीति र कूटनीति’ किताब इन्डिगो इन्कले प्रकाशित गरेको हो। ३९८ पृष्ठको किताबको मूल्य ९९९ रुपैयाँ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .