मोरङको उर्लाबारी आगलागी घटनाका थप एक घाइतेको मृत्यु भएको छ।
लक्ष्मी पूजाको राति उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनाका घाइते स्थानीय ४९ वर्षीय हेमकुमार दाहालको उपचारको क्रममा गएराति कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको हो।
आगलागीमा परेर घाइते भएका उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको गएको मंगलबार कीर्तिपुर वर्न अस्पतालमै मृत्यु भएको थियो।
स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी भएको थियो। त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए।
सो आगलागी घटनाका ७ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
63
Shares
प्रतिक्रिया