दुई पक्षबीच झडप सुरु भएपछि काठमाडौँको बल्खु चोकमा प्रहरीको संख्या बढाइएको छ।
केही बेरअघि मात्र बल्खुमा १० गाडी थप प्रहरी पुगेका छन्।
दुर्गा प्रसाईं समूहको लागि प्रदर्शन स्थल तोकिएको बल्खुमा एमाले निकट युवा संघका कार्यकर्ता पुगेपछि दुई समूहबीच झडप भएकाे हाे।
अहिले बल्खु एरिया प्रहरीको नियन्त्रणमा छ।
काठमाडौँका विभिन्न क्षेत्रमा आज प्रसाईं र युवा संघको छुट्टाछुट्टै प्रदर्शन भइरहेको छ। युवा संघको भने तीनकुनेमा प्रदर्शनका लागि प्रशासनले ठाउँ तोकेकाे छ।
भिडिओमा हेर्नुहोस् बल्खुचोकको अवस्थाः
1.5k
Shares
प्रतिक्रिया