काठमाडौँको बल्खुमा अवस्था तनावग्रस्त भएको छ। दुर्गा प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा अवस्था तनावग्रस्त बनेको हो।
बल्खु चोकबाट कालिमाटीतर्फ प्रसाईं पक्षका प्रदर्शनकारी लागेपछि प्रहरीले रोक्न खोजेको थियो। तर भीड नियन्त्रणमा नआएपछि प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ।
मेडिकल व्यवसायी समेत रहेका प्रसाईंका समर्थक र प्रहरीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरिएको हो।
प्रसाईंले नेपालखबरसँगको कुराकानीमा आफ्ना ८ जना समर्थकलाई प्रहरीले घाइते बनाएको दाबी गरेका छन्। उनका अनुसार एकजना सर्वसाधरण पनि घाइते छन्।
घटनामा प्रहरी पनि घाइते भएका छन्।
156
Shares
प्रतिक्रिया