ad ad

समाज


प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्न माग

प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्न माग

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १७:२३, काठमाडौँ

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानून, नीतिलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवर्द्धन समिति गठन गर्नुपर्ने माग गरेको छ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो माग गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराईले सो समितिको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने मागसमेत गरे।

उनले नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने बताए। उनले हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न नसकेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

उनले अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि बनेका ऐन, कानून, नीति, नियमलाई कार्यान्वयन गर्न संघीय स्तरमा प्रधानमन्त्री कार्यालयमा अपाङ्गता अधिकार प्रवद्र्धन समिति गठन गरी सोको संरचना संघ, प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने, नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकतालाई समावेश गर्नुपर्ने, हालसम्म नेपालमा भौतिक विकास, मानवअधिकार, सुशासन, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुले आफ्ना नीति, कार्यक्रम र बजेटमा अपाङ्गताको सवाललाई मानव अधिकार र विकासको दृष्टिकोणबाट समेट्न सकेको छैन। तसर्थ अन्तर्राष्ट्रिय प्रतिवद्धता तथा मानव अधिकारका दस्ताबेजलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार पूर्णरुपमा आत्मसाथ गरी आफ्ना नीति र कार्यक्रममा अपाङ्गताको सवाललाई समावेश गर्नुपर्ने।’

पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सञ्जालकी कार्यक्रम संयोजक रेष्मा श्रेष्ठले अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यकरहेको बताइन्।
उनले भनन्, ‘अपाङ्गमैत्री सार्वजनिक शौचालय बनाउन आवश्यक छ। सबैसँगै मिलेर एसडिजी गोलमा नपुगेका आवाजलाई पुर्याउने काममा लाग्नुपर्छ। सञ्चारमाध्यमले पनि हामीलाई साथ दिनेछ।’

उनले दिगो विकास लक्ष्यमा अपाङ्गता भएका व्यक्तिहरुको अवाज पुयरउन सबैले पहलकदमी लिनुपर्ने बताइन्।

अपाङ्गता भएका व्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय दिवस ३ डिसेम्बर २०२३ का दिन विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .