ad ad

समाज


कस्तो हुन्छ आजको मौसम?

कस्तो हुन्छ आजको मौसम?

नेपालखबर
मंसिर १७, २०८० आइतबार ७:२९, काठमाडौँ

यतिबेला देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (आइतबार) बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ। काठमाडौँ उपत्यकासहित बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। 

‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा रहन्छ,’ पुडासैनीले नेपालखबरसँग भने, ‘आइतबार दिउँसो कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।’

आइतबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था रहने उनले बताए।

त्यसैगरी लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ। 

आज बिहान काठमाडौँ उपत्यकाको तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो काठमाडौँको तापक्रम २० देखि २२ डिग्री पुग्ने अनुमान विभागले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .