सरकारले सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भएको छ। सोमबार सिंहदरबारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य हुने बताएका हुन्।
‘बैंकमा ब्याज खाएर बस्ने अवस्था अन्त्य गर्ने सामाजिक सरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने तयारी छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
साथै, उनले योगदानकर्तालाई सेयर दिने विषयमा आफूले सोचिरहेको पनि बताए। ‘एनआरएनएका साथीहरूले पनि यस्तो सुझाव दिएका छन्,’ उनले भने, ‘देशभित्र र बाहिरका श्रमिक आवद्ध भइरहेका छन्।’
सामाजिक सुरक्षा कोषमा ७० देखि ८० खर्ब जम्मा भइसकेको छ।
ठूलो लगानी गर्न सक्ने संस्थाहरू ब्याज खान पल्किँदा १२ खर्ब बैंकमा कैद
114
Shares
प्रतिक्रिया