ad ad

समाज


सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल सकियो

सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्धका उजुरीकर्तासँग छलफल सकियो

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १६:५८, काठमाडौँ

संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशहरूविरुद्धका उजुरीकर्तासँग छलफल गरेको छ।

समितिको आइतबारको बैठकले उजुरीकर्ता पुष्पप्रसाद गुरागाईं, चिरञ्जीवीभक्त पौडेल, प्रेमप्रसाद साह, युवराज चापागाईं र प्रवीण खनाललगायतसँग छलफल गरेको हो। 

त्यसक्रममा उजुरीकर्ताहरूले आफ्नो उजुरी पुष्ट्याइँबारे संसदीय सुनुवाइ समितिमा विभिन्न प्रमाणसहित तथ्यहरू पेस गरेका थिए।

न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीश र वरिष्ठ अधिवक्ता दुईजनालाई सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो।

प्रस्तावित न्यायाधीशमा उच्च अदालत जनकपुरका शारङ्गा सुवेदी, उच्च अदालत पाटन हेटौँडा इजलासका अब्दुल अजिज मुसलमान, उच्च अदालत पाटनका महेश शर्मा र टेकप्रसाद ढुङ्गाना छन्।

परिषद्ले वरिष्ठ अधिवक्ताद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वाेच्चको प्रस्तावित न्यायाधीशमा सिफारिस गरिसकेको छ।

तिनीहरूमध्ये न्यायाधीश सुवेदीविरूद्ध ६, ढुङ्गानाविरूद्ध तीन र मुसलमानविरूद्ध एउटा उजुरी परेको थियो।

न्यायाधीशका लागि शैशिक योग्यता, वरिष्ठ अधिवक्ता एवम् अधिववक्ता हैसियतमा कम्तीमा १५ वर्ष निरन्तर वकालत, वरिष्ठता, अनुभव, विषयवस्तुको ज्ञान, कार्यकुशलता, इमान्दारिता, निष्पक्षता र नैतिक आचार, कानुन व्यवसायमा आर्जन गरेको ख्यातिका आधारमा परिषद्ले उनीहरूलाई छनोट गरेको जनाएको छ।

उजुरीकर्तामध्ये गुरागाईंले न्यायालयमा पनि पहुँचवालाको बोलावाला रहेको तथा न्याय र कानुनविपरीत त्रुटिपूर्ण फैसला सच्याउन न्यायालयमै कार्यरत कर्मचारीले जोखिमको सामना गरिरहेको बताए।

छलफलका क्रममा अर्का उजुरीकर्ता पौडेलले न्यायमूर्तिका क्रियाकलाप र कानुनविपरीत हुने फैसलाले न्यायालयप्रति जनताको आशा र भरोसा दिनदिनै खस्किँदै गएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .