ad ad

समाज


काठमाडौंमा चोरी गर्ने तीन भारतीयसहित ६ जना पक्राउ

काठमाडौंमा चोरी गर्ने तीन भारतीयसहित ६ जना पक्राउ

नेपालखबर
मंसिर २७, २०८० बुधबार १६:५६, काठमाडौँ

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तीन भारतीय र तीनजना नेपाली नागरिक छन्।

भारतको बैसाली जिल्ला उखिमारपुरका १८ वर्षीय घुच्ची भनिने संजिव बानिया (पोदार), भारतकै मोतिहारी राजापुरका १९ वर्षीय किसन गिरी, बिहार राज्यको समस्तिपुर जिल्ला मुरातपुर ग्रामका २१ वर्षीय कृष्ण पोदारलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु तीनै जना हाल काठमाडौंको तिलगंगामा बस्ने गरेका छन्।

यस्तै, नागार्जुनका ३० वर्षीय (सुन पसले) विक्रम गर्तौला, झापाको बाहुनडाँगी नगरपालिका–१८ घर भइ काठमाडौंको पुरानो बानेश्वर बस्ने २९ वर्षीय रमेश विश्वकर्मा (सुन पसले) र मोरङको सुन्दरहरैँचा–९ घर भइ हाल काठमाडौंको भीमसेनगोला बस्ने ३३ वर्षीय डिल्लीराम विश्वकमर्मा (सुन पसले) पनि पक्राउ परेका छन्।

भारतीयको समूहले गत असार १५ गते काठमाडौंको शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना गरी अन्दाजी १ तोला र नगद एक लाख ७० हजार रुपैयाँ चोरी गरेको थियो।

यस्तै, कात्तिक ५ गते विजयचोकस्थित बालकृष्ण श्रेष्ठको डेरा कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी १३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो।

ती दुवै घटनाको अनुसन्धानको क्रममा चोरी कार्यमा संलग्न तीन जना भारतीय नागरिक मंगलबार काठमाडौंको विभिन्न स्थानबाट पक्राउ परेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत गौशला पठाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .