ad ad

समाज


भारतको पौने ४ करोड आर्थिक सहयोगमा उदयपुरमा विद्यालय भवन

भारतको पौने ४ करोड आर्थिक सहयोगमा उदयपुरमा विद्यालय भवन

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १६:५०, काठमाडौँ

भारतको ३ करोड ७९ लाख रुपैयाँ आर्थिक सहयोगमा बन्न लागेको विद्यालयको उदयपुरमा बुधबार शिलान्यास गरिएको छ।

मन्त्री डा. नारायण खड्का र भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारत आर्थिक सहयोगमा निर्माण हुने उदयपुरको बेलका नगरपालिकास्थित जनता बेलका माध्यमिक विद्यालय भवनको शिलान्यास गरेका हुन्।

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थी उपस्थित थिए।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारतको अनुदान सहयोग कक्षा कोठा र अन्य पूर्वाधार संरचनासहितको तीन तले विद्यालय भवन निर्माण हुनेछ। 

भारत र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइने भएको छ। यो परियोजना बेलका नगरपालिकामार्फत कार्यान्वयन हुने भएको छ।

कार्यक्रममा बोल्दै डा. खड्काले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए। 

उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए। उनले नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले गत महिना सफलतापूर्वक २० वर्ष पूरा गरेको पनि बताए।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन्। हालसम्म ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्।

यी मध्ये ८४ वटा परियोजना कोशी प्रदेशमा छन् जसमा ११ वटा परियोजना उदयपुरमा छन्। यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ।

जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १२ वटा एम्बुलेन्स र १ वटा स्कुल बस उदयपुर जिल्लालाई उपलब्ध गराइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .