ad ad

समाज


काभ्रेमा ६ महिनादेखि बेपत्ता व्यक्तिको अस्थिपञ्जर भेटियो, आफन्तले गरे सनाखत

काभ्रेमा ६ महिनादेखि बेपत्ता व्यक्तिको अस्थिपञ्जर भेटियो, आफन्तले गरे सनाखत

नेपालखबर
मंसिर ३०, २०८० शनिबार ५:४७, काभ्रे

काभ्रेको पनौती नगरपालिका- ५ चौकोटको जंगलमा एक जना पुरुषको अस्थिपञ्जर भेटिएको छ।

सडेर अस्थिपञ्जिर मात्रै बाँकी भएको उक्त शव पनौती नगरपालिका-६ घर  भएका ५२ वर्षीय रामशरण हुमागाईंको भएको आफन्तले बताएका छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार शुक्रबार दिउँसो आफन्तले उक्त शवको सनाखत गरेका हुन्।

घाँस दाउरा काट्न गएका स्थानीयले जंगलमा पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अस्थिपञ्जरसहित घटनास्थलमा घडी र मोबाइल पनि फेला परेपछि प्रहरीले पहिचानका लागि बेपत्ता रहेका व्यक्तिका आफन्तलाई बोलाएको थियो। 

मोबाइल, लुगा र घडीमार्फत आफन्तले उक्त शव आफन्तले हुमागाईंको भएको भएको पहिचान गरेका श्रेष्ठले बताए। हुमागाईं विगत ६ महिनादेखि बेपत्ता रहेका परिवारका सदस्यको भनाई छ, 

जिल्ला प्रहरी कार्यालय काभ्रेले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .