हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावस्वरुप यतिबेला कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ।
तराई मधेशसहित देशका बाँकी भू-भागको मौसम आज सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराई मधेशका थोरै स्थानमा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेको छ। आज देशका कतै पनि पानी पर्ने अवस्था भने छैन।
शनिबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली हुने महाशाखाले जनाएको छ।
कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा दिउँसो हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार राति देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। देशको बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। राति कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares
प्रतिक्रिया