ad ad

समाज


प्रदेशको निर्णयलाई पालिकाको चुनौती, लहानले दिएन सार्वजनिक बिदा

प्रदेशको निर्णयलाई पालिकाको चुनौती, लहानले दिएन सार्वजनिक बिदा

नेपालखबर
पुस १, २०८० आइतबार १२:२४, काठमाडौँ

मधेश प्रदेश सरकारले आइतबार पर्ने विवाहपञ्चमीका अवसरमा यसअघि नै मधेश प्रदेश सरकारले सार्वजनिक बिदाको घोषणा गरेको  थियो।

आइतबार धुममाधमसँग मनाइने विवाहपञ्चमी पर्वका लागि मधेशको राजधानी जनकपुरमा विशेष कार्यक्रम आयोजना गरिँदैछ।

मधेशकै विशेष पर्वका रुपमा यसलाई मनाइरहँदा प्रदेश सरकारको निर्णयलाई भने एउटा पालिकाले चुनौती दिएको छ।

 

सिरहाको लहान नगरपालिकाले प्रदेश सरकारको निर्णयलाई चुनौती दिँदै आइतबार पनि कार्यालय खुलाएको छ। 

लहानले पुस १ गते विवाहपञ्चमीका दिन सार्वजनिक बिदा भए पनि कार्यालयको कार्यबोझ तथा सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै कार्यालय सञ्चालन हुने जनाएको छ। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कार्यालय बन्द नहुने सार्वजनिक सूचना नै निकालेर सेवाग्राहीलाई सेवा लिन आउन भनेका छन्। 

लहानको यो निर्णयलाई लिएर आलोचना पनि भएको छ। हिन्दु सम्राट सेना नेपाल नामको एक संगठनले लहान नगरपालिकाको उक्त निर्णयलाई सीता माताको अपमान भन्दै निन्दासमेत गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .