काठमाडौँस्थित आफ्नै घरमा बस्ने किशोरीलाई बलात्कार गरेको आरोपमा नेकपा माओवादी केन्द्रका नेता पक्राउ परेका छन्।
१७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा पुरानो ठेगाना गोरखाको मुच्चोकका भूमिनन्द देवकोटालाई प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
‘देवकोटालाई एक साताअघि प्रहरीले पक्राउ गरेको हो’, एसएसपी खत्रीले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’
देवकोटा हिसिला यमी मन्त्री हुँदा स्वकीय सचिव थिए। तर यमीले माओवादी छाडे पनि देवकोटा भने माओवादीमै रहे।
काठमाडौँ महानगरपालिका-३२, पेप्सीकोलास्थित आफ्नै घरमा बस्ने ती किशोरीलाई एक वर्षदेखि बलात्कार गरेको भनी प्रहरीमा उजुरी परेको छ।
471
Shares
प्रतिक्रिया