वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रामेछापको तामाकोशी लिखु गाउँपालिका २ घर भई हाल काठमाडौंको मैपी बस्ने वर्ष २६ को पोसाक सुनुवार रहेका छन्।
पोसाकले टेक बहादुर गुरुङलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति ९ लाख ५० हजार रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक एक लाख रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारेका थिए।
पीडितबाट पटकपटक गरी ३ लाख ३० रुपैयाँ रकम लिई सम्पर्कविहीन भई ठगी गरेका पोसाकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार मैपीबाट पक्राउ गरेको जनाएको छ।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
243
Shares
प्रतिक्रिया