सर्लाहीबाट सालनालसहितको शिशुसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत विहार शिवहर नारायणपुर बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुडी रहेका छन्
सुडीलाई सालनालसहितको मृत शिशुसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।
मलंगवा नगरपालिका–८ स्थित झिल्मिलिया मन्दिर नजिकै जिल्ला प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले जाँच गर्ने क्रममा सुडीले बोकेको प्लाष्टिकको पोकाभित्र सालनाल सहितको शिशु फेला परेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ।
96
Shares
प्रतिक्रिया