ad ad

समाज


निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल

निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्छु : प्रस्तावित न्यायाधीश पोखरेल

नेपालखबर
पुस २, २०८० सोमबार १५:४३, काठमाडौँ

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेलले आफू न्यायाधीश नियुक्त भएमा निर्दोष व्यक्ति लामो समय थुनामा बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

सोमवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणापत्र तथा कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित न्यायाधीश पोखरेलले न्यायाधीशको समयको कारणले निर्दोष व्यक्ति थप थुनामा रहनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन्।

उनले न्याय सम्पादन गर्दा पहिलो प्राथमिकता राज्यलाई, दोस्रो प्राथमिकता व्यक्तिलाई र तेस्रो प्राथमिकता सरकारलाई दिने प्रतिवद्धता व्यक्त गरे। उनले न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाउने बताए।

त्यस्तै, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिने पनि उनले स्पष्ट पारे। उनले आफ्नो न्यायिक मन र विवेकमा प्रश्न उठाउने वातावरण नबनाउने पनि बताए।

उनले भने, ‘न्याय सम्पादनका क्रममा आफू समक्ष आएका विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान कानून र न्यायका मान्यताहरुका आधारमा निर्णय लिनेछु भन्ने कुरामा दृढ छु। न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ। यो जित र हारको अवस्था न्यायाधीशको ईच्छामा नभई संविधान, कानून र प्रमाणको आधारमा तय हुन्छन् भन्ने अनुरोध गर्न चाहन्छु।’

प्रस्तावित न्यायाधीश पोखरेलले संविधान, कानुनले अंगिकार गरेको मूल्य र मान्यतालाई शिरोधार्य गरी काम गर्ने प्रतिवद्धता गरे। उनले न्यायपालिकाको जनआस्था अभिवृद्धि र देखिने किसिमले न्याय सम्पादन गर्दै न्यायको स्वच्छता र निष्पक्षताको कसिमा अब्बल सावित हुने इमान्दार प्रयास गर्ने पनि उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .