बाराबाट पाँच लाख रुपैयाँ घुससहित एकजना वडाध्यक्ष पक्राउ परेका छन्।
बाराको जीतपुर-सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको सोमबार टोलीले पक्राउ गरेको हो।
वडाध्यक्ष कार्कीलाई जीतपुरस्थित जैशवाल होटलबाट पक्राउ गरिएको अख्तियारले जानकारी दिएको छ।
सडक बनाउने क्रममा उनले स्थानीय निर्माण व्यवसायी राजन उप्रेतीसँग घूसवापत ५ लाख रुपैयाँ लिएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।
378
Shares
प्रतिक्रिया