ad ad

समाज


डा. गोविन्द केसीको तीन दिने अनशन सकियो

डा. गोविन्द केसीको तीन दिने अनशन सकियो

नेपालखबर
पुस २, २०८० सोमबार १६:५२, काठमाडौँ

विभिन्न मागसहित सुदूरपश्चिमको राजधानी धनगढी पुगेका डा. गोविन्द केसीले यसपटक तीन दिनमै अनशन तोडेका छन्।

यही शुक्रबारदेखि धनगढीको लक्ष्मीनारायण मन्दिर परिसरमा अनशन बसेका उनले सोमबार दिउँसो आफ्नो आन्दोलन रोकेका हुन्। 

गेटा मेडिकल कलेजमा अनशन बस्न काठमाडौँबाट पुगेका उनलाई त्यहाँ स्थानीय संघर्ष समितिले प्रवेश गर्न दिएको थिएन। संघर्ष समितिले रोकेपछि विवादमा उत्रिएका उनी लक्ष्मीनारायण मन्दिरमा पुगेर अनशन बसेका थिए। 

डा. केसीलाई सोमबार स्थानीय रेनुका चौधरी र अन्जली नेपालीले पानी पिलाएर अनशन तोडाएका हुन्। उनी दर्जनौँपटक अनशन बसिसकेका छन्। 

गेटामा अवरोधपछि उनी लक्ष्मीनारायण मन्दिर पुगेर तीन दिन मात्रै अनशन बस्ने बताएका थिए।

यसअघि गत शुक्रबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यले प्रतिष्ठानको विषय केसीलाई आफ्नो मुद्दा नबनाउन आग्रह गरेका थिए। 

सरकारले पटक–पटकका सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले शुक्रबार साँझ ५ बजेदेखि तीन दिने अनसन घोषणा गरेका थिए। 

केसीले गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न माग गरेका थिए। तर, आफूहरूले विश्वविद्यालय चाहिने माग गरेकाले केसीलाई साथ दिन नदिने अडान संघर्ष समितिका सदस्यहरूले राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .