ad ad

समाज


रुसी सेनामा ज्यान गुमाउने नेपाली ७ पुगे

रुसी सेनामा ज्यान गुमाउने नेपाली ७ पुगे

नेपालखबर
पुस ४, २०८० बुधबार १९:३, काठमाडौँ

रुसी सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागल (राहदानी नं. ०९४७३६३२) को निधन भएको जनाएको छ। 

यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको ज्यान गइसकेको छ।

मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपालका लागि रुसका राजदूत मार्फत पुनःअनुरोध गरिएको पनि विज्ञप्तिमा जनाएको छ।

त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई पुनः आग्रह गरेको छ।

रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरुको अवस्थाका बारेमा रुसी सरकारबाट आधिकारिक रुपमा यथाशीघ्र जानकारी गराउन सरकारले अडान राखेको छ।

साथै, सरकारी कामकाज, रुसी सरकारको छात्रवृति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तरगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न सकिने व्यवस्था गरिएको मन्त्रालयले स्मरण गराएको छ।

मन्त्रालयले सो व्यवस्थालाई विस्तार गरी भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नु परेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्यदूताबासहरुबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्न पनि अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .