ad ad

समाज


नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने, यस्तो छ तालिका

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने, यस्तो छ तालिका

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १२:५९, चितवन

नारायणगढ–मुग्लिन सडकखण्ड यही पुस ७ गतेदेखि दैनिक चार घन्टा बन्द हुने भएको छ। 

तुइन खोलामा पुल निर्माण गर्नको लागि यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सडकमा सवारी आवागमन बन्द गर्न लागिएको हो।

पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर पुल निर्माणको काम अघि बढाइने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले सूचना जारी गरेर जनाएको छ। 

नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिने छ भने मालवाहक सवारीसाधन भतेरी जङ्गलदेखि रामनगरसम्म रोकिने छन्।
 
यसैगरी, काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केवलकारसम्म र मालवाहक सवारी सधान लेवाटारमा रोक्नुपर्नेछ। 

पोखराबाट आउने यात्रीवाहक सवारीसाधन वेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारीसाधनलाई सत्रसय फाँटमा रोक्नुपर्ने आयोजनाले जनाएको छ।
 
उक्त सडकका १९ वटा पुलमध्ये चार वटा चार वर्ष अघि नै निर्माण भएका छन्।  बाँकी १५ पुलको काम  एकै साथ थालिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .