ad ad

समाज


दशरथले खिचेको ‘इन्जिनियर’ चराको यो फोटो : जसले जित्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो स्थान

दशरथले खिचेको ‘इन्जिनियर’ चराको यो फोटो : जसले जित्यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो स्थान

नेपालखबर
पुस ५, २०८० बिहिबार १५:१७, काठमाडौँ

अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा फोटोग्राफर दशरथ श्रेष्ठ बिजुक्छें दोस्रो बन्न सफल भएका छन्। 

गत मे १ देखि अगस्ट ३१ सम्म चलेको अन्तर्राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा श्रेष्ठ दोस्रो बन्न सफल भएका हुन्। 

उनको दुईवटा फोटोले प्रतियोगितामा ध्यान तानेको थियो। त्यसमध्ये एक फोटो प्रतियोगिताकै दोस्रो स्थान जित्न सफल भएको हो। 

उक्त प्रतियोगितामा विश्वका ५० देशका फोटोग्राफी सामेल थिए। सहभागी देशहरूले आफ्नो स्थानीय विजेताहरू पेश गरेपछि मात्रै अन्तर्राष्ट्रिय स्तरमा सहभागी हुन पाउँछन्। 

प्रतियोगितामा प्राकृतिक सम्पदा समर्पित फोटोहरु समावेश हुने गरेका छन्। उक्त प्रतियोगितामा यसअघि पनि नेपालबाट सहभागिता हुँदै आइरहेका छन्। 

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दोस्रो बनेको फोटोग्राफर दशरथको फोटोग्राफी।

को हुन् श्रेष्ठ? 
विराटनगरका जन्मिएका श्रेष्ठ २४ वर्षको उमेरमा काठमाडौं आए। रोजगारीका लागि काठमाडौं आउँदा उनको पैसा कमाउने उद्देश्य थियो। 

सुरुमा उनले बिहेका फोटो र भिडिओ बनाउँथे। बजार सानो हुँदा धेरै काम नहुँने र फुर्सदमा क्यामरा रिपेयरिङको काम समेत गर्न थाले। उनको न्यूरोडमा पसल समेत छ। 

क्यामरा रिपेयरिङ राम्रो हुँदै गयो। उनलाई विस्तारै विवाहको फोटो भिडिओभन्दा पनि ‘नेचुरल फोटो’ खिच्न मन पर्न थाल्यो। 

त्यसपछि कोभिड सुरु भयो। कोभिडमा उनलाई नेचुरल फोटो खिच्ने अवसर बन्यो। उनी प्राकृतिको फोटोमा रमाउन थाले। उनको फोटो देखेर साथीभाइले अन्तर्राष्ट्रिय फोटोग्राफीमा फोटो राख्न सल्लाह दिन थाले। 

यस्तैमा उनी सन् २०२१ मा इन्टरनेशनल फोटोग्राफी कम्पिटिसनको लागि सहभागी बनेका थिए। उनको दुईवटा फोटो नेपालबाट सेलेक्सनमा पर्यो। 

तर, अन्तर्राष्ट्रिय छनोटमा भने पर्न सकेन। त्यसपछि उनलाई फोटोग्राफीको अझै भोक बढ्यो। अन्ततः २०२३ मा उनका दुईवटा फोटो अन्तर्राष्ट्रिय छनोटमा परेकामा चराले घर बनाइरहेको फोटोले दोस्रो स्थान जित्न सफल भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .