ad ad

समाज


सप्तरीका दुई ठाउँबाट दुई सय ४५ किलो गाँजा बरामद, एकजना पक्राउ

सप्तरीका दुई ठाउँबाट दुई सय ४५ किलो गाँजा बरामद, एकजना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस ५, २०८० बिहिबार १६:५१, काठमाडौँ

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-८ कोशीपलार इलाकाबाट सशस्त्र प्रहरीले बिहीबार २ सय ४० केजी गाँजा बरामद गरेको छ।

विशेष सूचनाका आधारमा उक्त ठाउँको काँसघारीमा लुकाएको अवस्थामा त्यसपरिमाणको गाँजा बीओपी बर्साइनले बरामद गरेको हो।

बरामद गाँजा आवश्यक अनुसन्धान र कारवाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी सप्तरीकै कञ्जनरुप नगरपालिका २ बरमझियास्थित पूर्व पश्चिम लोकमार्गबाट बुधबार सशस्त्र प्रहरीले ५ केजी ३ सय ग्राम गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ।

मोटरसाइकलमा आउँदै गरेका उदयपुरको बेलका नगरपालिका ६ बस्ने १८ वर्षीय भोजकुमार राईलाई सशस्त्र प्रहरी बल नेपाल दन्तकाली विषेश तालिम शिक्षालयले जाँच गर्ने क्रममा झोलाभित्र प्लाष्टिकमा प्याक गरिएको ५ वटा गाँजाको प्याकेट फेला परेको हो। 

नियन्त्रणमा लिइएका राईलाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .