ad ad

समाज


भूकम्पपीडितलाई मानव धर्म सेवा समितिको सहयोग

भूकम्पपीडितलाई मानव धर्म सेवा समितिको सहयोग

नेपालखबर
पुस ६, २०८० शुक्रबार १४:२४, काठमाडौँ

नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई राहत सामग्री वितरण गरेको छ। 

समितिले जाजरकोट र रुकुमका २६ सय परिवारलाई राहत सामग्री सहयोग गरेको हो।

जाजरकोटको भेरी नगरपलिका वडा नं १ र ३ का झन्डै १८ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं १ र २ का ८ सय घरधुरीलाई ६० लाख रुपैयाँ बराबरका राहत सामग्री वितरण गरिएको समितिले जनाएको छ। 

समितिले तिहारमा देउसी-भैलो खेलेर संकलन गरेको रकमका साथै समितिमा आबद्ध सदस्यबाट संकलित रकमले राहत सामग्री खरिद गरी वितरण गरिएको नेपाल मानव धर्म सेवा समितिको राष्ट्रिय कार्य समितिका उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए।

उनका अनुसार भूकम्पपीडितलाई जाडोबाट जोगिन ब्ल्याङ्केट तथा चामल, तेल, दाल, चिउरालगायतका खाद्य सामग्री वितरण गरिएको हो। 

भूकम्पबाट जाजरकोटमा बढी जनधनको क्षति भएकाले उक्त जिल्लालाई राहत वितरणको प्राथमिकतामा राखिएको समितिले जानकारी दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .