ad ad

समाज


स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बनविरुद्ध अन्तरिम आदेश

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बनविरुद्ध अन्तरिम आदेश

नेपालखबर
पुस ६, २०८० शुक्रबार १५:२५, काठमाडौँ

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनिलकुमार पोरखेलको इजलासले शुक्रबार बसौलाको पक्षमा अन्तरिम आदेश जारी दिएको हो।

अदालतको यो आदेशपछि बसैलालाई निलम्बन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णय तत्काललाई कार्यान्वयन नहुने भएको छ।

बसौलालाई मन्त्रिपरिषद्को गत असोज २४ गते बसेको बैठकले तीन महिनाका लागि निलम्बन गरेको थियो। त्यसबेला स्वास्थ्य बीमा ऐनको दफा २५ को उपदफा ३ अनुसार उनलाई तीन महिनाका लागि निलम्बन गरिएको थियो।

बसौलाले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज ४ गते तीन दिनको म्यादसहित ११ बुँदे स्पष्टीकरण सोधेको थियो।

बसौला निलम्बित भएसँगै सञ्चालक समितिका ५ जना सदस्यले पनि पदबाट राजीनामा दिएका थिए।

अन्तरिम आदेश पछि डा. बसौलाले न्याय मिलेको बताए। 'अदालतले न्याय दिएको छ। जिम्मेवारी पूरा गर्ने अवसर पाएँ', भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .