ad ad

समाज


वृद्धाश्रम छुवाछूत प्रकरण: प्रतिवादीलाई १० हजार धरौटीमा छाड्ने अदालतको आदेशमा के छ? (पूर्णपाठ)

वृद्धाश्रम छुवाछूत प्रकरण: प्रतिवादीलाई १० हजार धरौटीमा छाड्ने अदालतको आदेशमा के छ? (पूर्णपाठ)

फाइल तस्बिर : मोरङ जिल्ला अदालत


नेपालखबर
पुस ११, २०८० बुधबार १३:८, काठमाडौँ

पछिल्लो समय जातीय भेदभाव तथा छुवाछूतका घटना मुद्दा बनेर अदालतसम्म पुग्न थालेका छन्। छुवाछूतसम्बन्धी कतिपय मुद्दामा अदालतले धमाधम जेल सजाय र जरिवानाको फैसला पनि सुनाइरहेको छ। कतिपय मुद्दा अदालतमा विचाराधीन छन्। 

यीमध्ये एउटा मुद्दा हो– मोरङको बूढीगंगा गाउँपालिका–१, पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमकी सञ्चालक भुवनेश्वरी आचार्यविरुद्धको मुद्दा। 

मोरङ जिल्ला अदालतको आदेशमा गत मंसिर २८ गते १० हजार रुपैयाँ धरौटीमा रिहा भएकी आचार्यले मोरङकै उर्लाबारी नगरपालिका–३ ठेगाना भएकी ६२ वर्षीया शोभा सुन्दासलाई तल्लो जात भनी आफ्नो वृद्धाश्रमबाट निकालेको अभियोग छ। 

हाल उक्त मुद्दा बकपत्र गराउने प्रक्रियामा प्रवेश गरेको मोरङ अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए। 

जिल्ला अदालत मोरङका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले वृद्धाश्रम सञ्चालक भुवनेश्वरी  आचार्यलाई १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

धेरैलाई जिज्ञासा हुनसक्छ– आखिर उनी १० हजार धरौटीमा किन रिहा भइन्? अदालतले के आधारमा रिहाको आदेश दियो त? 

यसैबीच वृद्धाश्रम छुवाछूत प्रकरणमा मोरङ जिल्ला अदालतले गरेको थुनछेक आदेशको पाठ नेपालखबरले प्राप्त गरेको छ।

आदेशमा भनिएको छ, ‘...तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादी भुवनेश्वरी आचार्य हाल नै निर्दोष रहेछन् भनी विश्वास गर्न सक्ने मनासिब आधार मिसिलमा विद्यमान नदेखिएकोले पछि बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा हाललाई निज प्रतिवादी भुवनेश्वरी आचार्यबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम रु. १०,०००। (दस हजार) नगद धरौट वा सो बराबरको जेथा जमानत वा बैंक जमानत माग गरीदिए, लिई तारेखमा राख्नु, नदिए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८० बमोजिम थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय, मोरङमा पठाईदिनू भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ७९ बमोजिम यो आदेश पर्चा खडा गरिदिएको छ।’ 

हेर्नुहोस् आदेशको पूर्णपाठ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .