ad ad

समाज


भोजपुरमा ढलान गर्न तयार मोटरेबल पुल भत्कियो, स्थानीय निराश

भोजपुरमा ढलान गर्न तयार मोटरेबल पुल भत्कियो, स्थानीय निराश

नेपालखबर
पुस १२, २०८० बिहिबार १२:१८, काठमाडौँ

भोजपुरमा ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल बिहीबार बिहान भत्किएको छ।

जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिछो गाउँपालिका जोड्ने गरी निर्माणको अन्तिम चरणमा पुगेको पुल भत्किएको हो। 

स्थानीयबासीले ठेकेदारको लापरबाही र इन्जिनियरको कमजोरी रहेको अनुमान गरेका छन्। गाडी गुड्ने आशमा रहेका स्थानीय पुल नै भत्किएपछि निराश भएका छन्। 

यसअघि भोजपुरकै दक्षिणी कावा खोलामा पाँच करोड बढीको लागतमा निर्माण भइरहेको पक्की पुल पनि २०७८ मंसिरमा भत्किएको थियो।

हतुवागढी गाउँपालिका-२ रानीबास र रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ जोड्ने स्थानमा स्विस सरकारको आर्थिक सहयोगमा बनिरहेको पुल भत्किएको  थियो। उक्त पुल अहिलेसम्म निर्माण हुन सकेको छैन। 

उक्त पुलको आयु ८० वर्ष र भूकम्पप्रतिरोधी हुने प्राविधकले बताएका थिए। तर निर्माणकै क्रममा भत्किएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .