ad ad

समाज


आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

नेपालखबर
पुस १३, २०८० शुक्रबार ६:३५, काठमाडौँ

हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। यतिबेला देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा देशका बाँकी तराई भूभागका एक-दुई स्थानमा अहिले हल्का देखि मध्यम हुस्सरकुहिरो लागेको छ।

शुक्रबार दिउँसो पनि देशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। 

शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश आंशिक बदली रहने छ। शनिबार कोशी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .