नेपाली सेनाका दुई सहायक रथीलाई उपरथीमा बढुवा गरिएको छ।
बढुवा समितिको सिफारिसअनुसार सहायक रथी चोकबहादुर ढकाल र पवन घिमिरे उपरथीमा बढुवा भएका हुन्।
दुईजना उपरथीको रथीमा पदोन्नति भएपछि रिक्त पदमा उनीहरूलाई बढुवा गर्ने निर्णय शुक्रबारको मन्त्रिपरिषद्ले गरेको हो।
यसअघि उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापा रथीमा बढुवा भएका छन्।
उपरथी ताराध्वज पाण्डेले भने रथीमा सिफारिस भइसकेको अवस्थामा उमेर विवादका कारण राजीनामा दिएका थिए।
उनको राजीनामापछि रिक्त पदसहित तीनजना उपरथीको दरबन्दी रिक्त भएको हो। अर्को रिक्त दरबन्दीमा बढुवा गर्नका लागि सहायक रथी सुनील श्रेष्ठलाई सिफारिस गर्दै ७ दिने सूचना जारी भएको छ।
सात दिनपछि उनलाई बढुवा गर्ने सिफारिस अगाडी बढ्नेछ।
612
Shares
प्रतिक्रिया