बाँकेको नेपालगञ्जमा गएराति स्कारपिओ गाडीको ठक्करबाट ज्यान गुमाउने युवकको पनि सनाखत भएको छ।
बाँकेका प्रहरी प्रमुख एसपी सुवास बोहोराका अनुसार दुर्घटनामा ज्यान गुमाउने युवक बर्दियाको राजापुर- १० घर भएका २५ वर्षीय मायाराम चौधरी हुन्।
अंग्रेजी नयाँ वर्ष मनाएर फर्किरहेका मानिसलाई गएराति नेपालगञ्ज- १८ मा सुदूरपश्चिम प्रदेशको ०१(००१ च ३४६४ नम्बरको स्कारपियो गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।
दुर्घटनामा ज्यान गुमाउने नेपागन्ज १३ की २४ वर्षीया आस्था शाहको घटनालगत्तै सनाखत भए पनि युवकको भने सनाखत हुन सकेको थिएन।
दुर्घटनामा नेपालगन्जकै २४ वर्षीया साहाना शाह गम्भीर घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको
दुर्घटनापछि प्रहरीले ठक्कर दिने स्कारपिओ गाडी र त्यसका सवार चालकसहित दुई जनालाई पक्राउ गरेको छ।
180
Shares
प्रतिक्रिया