हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।
तराई मधेशका अधिकांश भूभागमा यतिबेला बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा आज दिउँसो हल्का हिमपातको पनि सम्भावना छ।
राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
57
Shares
प्रतिक्रिया