ad ad

समाज


आजको मौसम : चार प्रदेशमा बदली हुने, उच्च भूभागमा हिमपातको सम्भावना

आजको मौसम : चार प्रदेशमा बदली हुने, उच्च भूभागमा हिमपातको सम्भावना

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार ६:४०, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान् महाशाखाका अनुसार  यतिबेला कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदलीको अवस्था छ।

देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाउको छ।

आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिम  प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

तराई मधेशका सबैजसो ठाउँमा यतिबेला हुस्सु र कुहिरो लगिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .