ad ad

समाज


आफन्तको घरभित्र १७ वर्षीया किशोरीको शव फेला, घटना अनुसन्धान गर्दै प्रहरी

आफन्तको घरभित्र १७ वर्षीया किशोरीको शव फेला, घटना अनुसन्धान गर्दै प्रहरी

नेपालखबर
पुस १९, २०८० बिहिबार ९:४३, बर्दिया

बर्दियाको बारबर्दिया नगरपालिका- ४ मा एक किशोरीको शव फेला परेको छ। 

बर्दियाको मधुवन नगरपालिका- ८ स्थायी ठेगाना भएकी १७ वर्षीया रमा थारुको शव बुधबार बारबर्दिया ४ पदनाहास्थित एकजना आफन्तको घरभित्र फेला परेको प्रहरीले जनाएको छ। 

स्थानीय आयूष थारुको घरमा बस्दै आएकी रमा बुधबार बिहान घरभित्रै मृत्य भेटिएकी जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। आयूष थारु र रमाका अभिभावकबीचको नाता सम्बन्ध भने प्रहरीले खुलाएको छैन। 

‘घरको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा किशोरीको शव भेटिएको छ,’ अर्यालले भने, ‘इलाका प्रहरी कार्यालय बनियाभारले घटनाको अनुसन्धान सुरु गरेको छ। शव पोष्टमार्टमका लागि अस्पताल पठाएका छौँ। पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी कुरा खुल्ला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .