काठमाडौँ जिल्ला अदालतबाट बुधबार हतकडीसहित भागेका प्रतिवादी पक्राउ गर्न प्रहरी सफल भएको छ।
थुनछेक बहसका लागि बुधबार दिउँसो अदालत पुर्याउँदा हतकडी नै लिएर भागेका ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक बारबिसे नगरपालिका–२ स्थायी घर भई हाल भक्तपुरको दुवाकोट बस्ने ३२ वर्षीय कमल खड्कालाई प्रहरीले आज बिहान काठमाडौँकै जडीबुटीबाट पक्राउ गरेको हो।
उनलाई महानगरीय प्रहरी वृत्त (महाराजगन्ज) र जिल्ला प्रहरी परिसर (टेकु) बाट खटिएको संयुक्त टोलीले खोजतलासका क्रममा बिहीबार बिहान जडीबुटीस्थित न्यु दोलखाली गेस्टहाउसमा फेला पारेको परिसर प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई जानकारी दिए।
अभियुक्त खड्काले लगाएको हतकडी र थुनुवा ज्याकेट भने भक्तपुरको चाँगुनारायण–१ दुवाकोटस्थित उनको कोठाबाट बरामद गरिएको प्रहरीले जनाएको छ।
369
Shares
प्रतिक्रिया