वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको कमला गाउँपालिका ४ घर भई हाल काठमाडौंको टोखा–३ बानियाँटार बस्ने ५०वर्षीय गणेशकुमार कुलुङ रहेका छन्।
उनले भक्तबहादुर राईसमेत २ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ, जापान पुगेपछि प्रतिष्ठित होटलमा कुक काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ तलव हुन्छ भनी प्रलोभनमा पारेका थिए।
पीडितबाट पटकपटक गरी ६ लाख ५० हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पुस १८ गते माछापोखरीबाट पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया