ad ad

समाज


शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि विमान चालक शाहविरुद्ध विशेष अदालतमा मुद्दा

शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि विमान चालक शाहविरुद्ध विशेष अदालतमा मुद्दा

नेपालखबर
पुस १९, २०८० बिहिबार २०:१७, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका विमान चालक  सम्राटबहादुर शाहको शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि निजविरुद्ध आज (बिहीबार) विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ। 

विसं २०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्त भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

उनका अनुसार शाहीका शैक्षिक प्रमाणपत्रका विषयमा आयोगमा उजुरी परेपछि छानबिन गर्दा निजले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

शाहीले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेसन काउन्सिलअन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुरबाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको झुट्टा प्रमाणपत्र पेस गरेको प्रवक्ता घिमिरेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .