ad ad

समाज


गोंगबुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

गोंगबुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
पुस २३, २०८० सोमबार १२:२३, काठमाडौँ

काठमाडौँको गोंगबुमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २५ वर्षीय युवकको मृत्यु भएको छ। घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। 

काठमाडौँ महानगरपालिका- २६ गोंगबु मित्रनगरस्थित १ नम्बर गेट नजिकै सडकमा गएराति बागमती प्रदेश ०३-००१ प ०५०० नम्बरको टिपरले बा.५४ प ५२६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ती युवकको मृत्यु भएको हो। 

गएराति भएको उक्त घटनामा गोरखा घर भई काठमाडौँको तार्केश्वर नगरपालिका चिसापानी बस्ने २५ वर्षीय रन बहादुर तामाङको मृत्यु भएको काठमडौँ प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा राति नै मृत्यु भएको हो। 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको टिचिङ अस्पतालमै उपचार भइरहेको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .