नेपालखबरकर्मी सुनिता विष्ट सम्मानित भएकी छन्। उनलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो१५ औं गाउँसभाको हिउँदे अधिवेशन समारोहमा सम्मान गरेको हो।
सीमान्तकृत तथा लोपोन्मुख समुदायको बाहुल्य रहेको राक्सिराङ गाउँपालिकाका दूरदराजका समस्यालाई समाचारमार्फत् उजागर गरेको भन्दै नगद ५ हजार रुपैयाँ सहित प्रशंसा पत्र प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल थिए।
विष्ट नेपालखबरका लागि बागमती संवाददाता हुन्।
126
Shares
प्रतिक्रिया