ad ad

समाज


नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जना सरुवा, हेर्नुहोस् को कहाँ?

नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन, ८२ जना सरुवा, हेर्नुहोस् को कहाँ?

नेपालखबर
पुस २४, २०८० मंगलबार १९:०, काठमाडौँ

न्याय परिषद्ले नवनियुक्त ३९ न्यायाधीशको पदस्थापन सिफारिस गरेको छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद्को मंगलबारको बैठकले नवनियुक्त न्यायाधीशको पदस्थापनका साथै ८२ न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ। 

न्याय परिषद्को सिफारिसअनुसार प्रधानन्यायाधीशले ती न्यायाधीशहरूलाई कार्यक्षेत्रमा पठाउनेछन्।

न्याय परिषद्को निर्णयअनुसार, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासिनी, हेमन्त रावल, दुर्गाप्रसाद ढुंगेल, डिल्लीरत्न श्रेष्ठ, टीकाराम आचार्य र विदुर कोइराला पाटन उच्च अदालतमा परेका छन्।

राजेन्द्र अधिकारी, केशवप्रसाद बास्तोला, सूर्यनाथप्रकाश अधिकारी, कृपासुर कार्की, रमादेवी पराजुली र नरेशकुमार चौधरी उच्च अदालत विराटनगर तोकिएका छन्। यस्तै पूर्णेश्वरप्रसाद उपाध्याय धनकुटा र सरला मोक्तानलाई ओखलढुंगा खटाइँदै छ। 

वसन्तराज पौडेल तुल्सीपुर उच्च अदालतको नेपालगन्ज इजलास, जयानन्द पनेरू, विष्णुप्रसाद अर्याल, सूर्यप्रसाद पराजुली र तेजेन्द्रप्रसाद शर्मा बुटवल इजलास जाने भएका छन्।

ओमप्रसाद अर्याल, ध्रुवकुमार पिया, खेमराज भट्ट, मात्रिकाप्रसाद भण्डारी र नरबहादुर खड्का जनकपुरमा खटिँदै छन्। भरत लम्साल, नेत्रप्रकाश आचार्य, हरिप्रसाद जोशी वीरगन्ज, कृष्णप्रसाद सुवेदी, नारायणप्रसाद सुवेदी र कोशलचन्द्र सुवेदी राजविराजमा हुनेछन्।  

खडकबहादुर केसीलाई र कैलाश गुरूङका लागि जुम्ला तोकिएको छ। उमेश कोइराला पोखरा, अस्मिनकुमार राई दीपायल, सानुमाया डंगोल हेटौँडा र माधव धिताल सुर्खेत तोकिएका छन्। 

मंगलबारदेखि राष्ट्रिय न्यायिक प्रतिष्ठानले नवनियुक्त न्यायाधीशहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। माघ १२ सम्म यो कार्यक्रम चल्नेछ। त्यसपछि उनीहरू कार्यक्षेत्रमा खटिनेछन्।

यस्तै न्याय परिषद्को मंगलबारकै बैठकले ८२ जना न्यायाधीशको सरूवा गरेको छ।

उच्च अदालत जनकपुरअन्तर्गत वीरगन्ज इजलासमा कार्यरत न्यायाधीश राजेशकुमार काफ्ले इलाम सरूवा भएका छन्। यस्तै ८१ वटा जिल्ला न्यायाधीशको पनि कार्यक्षेत्र हेरफेर गरिएको छ।

हेर्नुहोस् नवनियुक्त र सरूवा भएका न्यायाधीशको सूची-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .