ad ad

समाज


तनहुँ दुर्घटना : मृतक दुई यात्रुको सनाखत

तनहुँ दुर्घटना : मृतक दुई यात्रुको सनाखत

घटनास्थल


नेपालखबर
पुस २५, २०८० बुधबार १३:१४, काठमाडौँ

तनहुँमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएका १२ जनामध्ये २ जनाको मृत्यु भएको छ। 

मृतक दुबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए।

मृत्यु हुनेमा नवलपराीको बौद्धकाली गाउँपालिका- २ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दराई छन्। 

तनहुँकाे भिमाद नगरपालिका वडा नम्बर-५ आमडाँडा नजिक आज बिहान साढे नौ बजे ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएका १० मध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरुलाई थप उपचारको लागि पोखरा रेफर गरिएको डीएसपी खाणले बताए।

दुर्घटनामा चालकसहित १२ जना घाइते भएका थिए।

घाइतेलाई प्रहरीले उद्धार गरेर भिमादस्थित जीपी कोइराला अस्पताल लगेको छ। ‘दुई घाइतेको भिमाद अस्पतालमै मृत्यु भएको हो। गम्भीर अवस्थाका थप ३ जनालाई त्यहाँबाट पोखरा रेफर गरिएको छ,’ नेपालखबरसँग डीएसपी खाणले भने। 

तीव्र गतिको कारण जिप दुर्घटना परेको अनुमान छ। जिप घुम्ती सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। पोखराबाट यात्रु लिएर पाल्पा जाँदै गरेको जिप दुर्घटनामा परेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .